लेख विवरण

बिएमडब्लु क्रिकेटर अफ द इयरको अवार्ड सन्दीपलाई

बिएमडब्लु क्रिकेटर अफ द इयरको अवार्ड सन्दीपलाई

काठमाडौंँ । बिएमडब्लु क्रिकेटर अफ द इयरको अर्वाड सन्दीप अधिकारीले पाएका छन । अष्ट्रेलियाको तस्मानियामा रहेको बिएमडब्लु एजुकेसन अफ कन्सलटेन्सीले सन्दीपलाई यो अवार्डबाट सम्मानित गरेको हो ।

नेपालमा नवलपुर घर भएका सन्दीपले तस्मानियाको घरेलु लिग तस्मानिया क्रिकेट लिगमा लान्सेस्टन नेपाली टोलीबाट खेल्ने गर्दछन । साथै नेपालमा भएको ९ औं राष्ट्रिय खेलकुदमा उनले एनआरएनको टोलीबाट प्रतिनिधित्व गरेका थिए । दाहिने हात ब्याटिङ गर्ने सन्दीप अफ स्पिन बलर हुन । अष्ट्रेलियामा नेपाली समुदायले आयोजना गर्ने क्याम प्रिमियर लिगमा उनले गोर्खा लेजेन्डबाट प्रतिनिधित्व गर्ने गर्छन ।

सन्दीपलाई क्रिकेटर अफ द इयरको अर्वाडले सम्मान गर्न पाउदा आफुलाई खुसी लागेको बिएमडब्लु एजुकेसन अफ कन्सलटेन्सीका संचालक विष्णु सापकोटाले बताए । सम्मान कार्यक्रमा उनले भने, “तपाईहरू अगाडि बढ्दै जानुहोस् हाम्रो साथ सहयोग र सर्पोट तपाईहरूसँगै हरदम रहने छ” । अष्ट्रेलियामा रहेर पनि नेपाली क्रिकेट तथा नेपाली खेलाडीहरुलाई साथ र सहयोग आफु सदैव तत्पर रहेको सापकोटाले बताए । अष्ट्रेलियामा हुने क्रिकेट प्रतियोगिताहरुमा सापकोटा र बिएमडब्लु एजुकेसन अफ कन्सलटेन्सीको महत्वपूर्ण भुमिका रहदै आएको छ ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.