पाँच खेलाडी प्रिक्वाटरफाइनलमा
काठमाडौं । नेपालका ५ खेलाडी थाइल्यान्डको बैंककमा जारी १४ औं एसिया प्यासिफिक भेट्रान टेबलटेनिस प्रतियोगितामा बिहीबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
उनीहरु भेट्रान ४० वर्षमाथि पुरुष सिंगल्समा प्रिक्वाटरफाइनलमा पुगेका हुन् । निकेशप्रसाद जोशी, शिवसुन्दर गोथे, चन्दन शाही, सुधिर महर्जन र प्रशान्त महर्जनले प्रिक्वाटरफाइनल यात्रा तय गरेका हुन् ।

टिप्पणी लेख्नुहोस्