अम्पायर अर्यालद्धारा भारतमा ब्याडमिन्टन एकेडमी उद्घाटन
भोपाल । ब्याडमिन्टनका पूर्व अन्तर्राष्ट्रिय अम्पायर तथा राष्ट्रिय रेफ्रि उदय अर्यालले भारतको मध्य प्रदेश स्थित भोपालमा एक ब्याडमिन्टन एकेडमी उदघाटन् गरेका छन । गत हप्ता मात्रै भारतकै महाराष्ट्र स्थित कल्याणमा प्रदेश स्तरीय प्रतियोगिताका लागि भारत गएका उनले आज एक समारोहबीच एकेडमी उद्घाटन गरे । सो अवसरमा भोपालका ब्याडमिन्टन खेलाडीहरु, प्रदेशका पदाअधिकारीहरु, प्रशिक्षक लगायत अन्य पदाअधिकारीहरुको उपस्थिती रहेको थियो ।
उद्घाटन कार्यक्रम पछि अर्यालले भारतमा यस किसिमको सम्मान तथा अवसर पाउनु आफ्नो लागि गर्वको कुरा भएको बताए । उनले कार्यक्रममा भएको सहभागिताले नेपाल र भारतबीचको ब्याडमिन्ट खेल सम्बन्ध अझै प्रवल प्रगाढ हुने बताए ।
राष्ट्रिय रेफ्रि उदय अर्यालले नेपालमा पहिलो पटक भारतीय २१ ब्याडमिन्टन एकेडमी भित्र्याएका थिए । उनले भारतीय प्रशिक्षकहरुबाट पनि नेपालमा २१ ब्याडमिन्टन एकेडमी मार्फत प्रशिक्षण गराउने अवसर मिलाएका थिए ।

टिप्पणी लेख्नुहोस्