लेख विवरण

मुवाँथाइ टोली भारत जाने

मुवाँथाइ टोली भारत जाने

काठमाडौंँ । मोर्डन पाइथान गेम्समा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली मुवाँथाइ टोली सोमबार भारतको नयाँ दिल्ली प्रस्थान गर्ने भएको छ ।

पुस ३ देखि ५ गतेसम्म हुने प्रतियोगितामा समान २–२ पुरुष/महिला गरी ४ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

पुरुष ६५ केजीमा मुकेश लुइटेल खत्री तथा ६० केजीमा किशोर नेगी रहेका छन् । महिला ४८ केजीमा प्राप्ति बतास र ५१ केजीमा पारिका बतास छन् । पारिका र प्राप्ति सहोदर दिदीबहिनी हुन् ।

अफिसियलमा नेपाल राष्ट्रिय मुवाँथाइ संघका उपाध्यक्ष राहुल मोक्तान छन् । उनले प्रशिक्षकको भूमिका पनि निर्वाह गर्ने छन् । टोलीलाई सफलताको शुभकामना दिदै प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य–सचिव सूर्यलाल भण्डारीले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.