लेख विवरण

गेटवे र न्यु स्टार पोल फाइनलमा

गेटवे र न्यु स्टार पोल फाइनलमा

काठमाडौं । गेटवे एकेडेमी र न्यु स्टार पोल १६ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।

स्वच्छ शैक्षिक प्रतिस्पर्धीहरुको संगठन (फेका) को आयोजनामा भइरहेको प्रतियोगिताको पहिलो सेमिफाइनलमा गेटवेले हाइली क्रिएटिभलाई ६–२ को फराकिलो गोलअन्तरले पराजित ग¥यो । गेटवेका ‘म्यान अफ द म्याच’ लक्ष्मण उप्रेतीले २ तथा प्रतिज रायमाझी, सन्दिप सिवाकोटी, प्रदीप खत्री र प्रीतम केसीले १–१ गोल गरे । हाइलीका डेभिन कार्की र कृष्ण कार्कीले समान १–१ गोल गरे ।

मूलपानीमा भएको दोश्रो सेमिफाइनलमा न्यु स्टार पोलले अक्षरिकालाई २–१ गोलले हरायो । न्यु स्टार पोलका रसिक श्रेष्ठ र ‘म्यान अफ द म्याच’ सुप्रिम कार्कीले समान १–१ गोल गरे । अक्षरिकाका डेनिसिन तामाङले सान्त्वना गोल फर्काए ।

फाइनल आइतबार हुनेछ । शीर्ष चार स्थान हात पार्ने टिमले क्रमशः ३० हजार, २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाउने छन् ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.