अध्यक्ष कप कालीगण्डकी खेलकुद महोत्सव सुरु
स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा आजबाट अध्यक्ष कप कालीगण्डकी खेलकुद महोत्सव सुरु भएको छ । कालीगण्डकी ७ मिर्मी स्थित खेलमैदानमा सुरु भएको महोत्सवमा सात विधामा एक्काइस खेल खेलाइने आयोजकले जनाएको छ ।
महोत्सवमा महिला तथा पुरुषतर्फ भलिबल, फुटबल, एथलेटिक्स, ब्याडमिन्टन, बुद्धिचाल र टेबल टेनिस गरी ६ विधामा खेलाइने र पुरुषतर्फ क्रिकेट गरी जम्मा सात विधा गरी एक्काइस खेल समावेश हुनेछन् । यस वर्षको महोत्सवमा बुद्धिचालको विधा थप गरिएको छ ।
पौष १ गतेसम्म सञ्चालन हुने खेलमा ६५१ जना सहभागी हुने छन् । खेलमा २१ स्वर्ण, २१ कास्य र २१ रजत पदक रहने छन् ।

टिप्पणी लेख्नुहोस्