लुम्बिनी प्रदेश स्तरीय महिला टी–२० क्रिकेटको उपाधि दाङलाई
काठमाडौंँ । प्रधानमन्त्री कप लुम्बिनी प्रदेश स्तरीय महिला टी–२० छनोट क्रिकेट प्रतियोगिताको उपाधि दाङले जितेको छ । घोराही स्थित क्रिकेट मैदानमा भएको फाइनल खेलमा रुपन्देहीलाई ७ विकेटले पराजित गर्दै दाङले उपाधि जितेको हो ।
टस जितेर ब्याटिङ गरेको रुपन्देहीले १९ ओभरमा सबै विकेट गुमाउँदै ७८ रन बनाएको थियो । ७९ रनको लक्ष्य पाएको दाङले ११. २ ओभर खेल्दै ३ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो ।
लुम्बिनी प्रदेशका ६ टोलीको सहभागिता रहेको छनौट प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीबाट प्रधानमन्त्री कपका लागि लुम्बिनी प्रदेश महिला टोली छनोट गर्ने लुम्बिनी प्रदेश क्रिकेट संघले जनाएको छ ।

टिप्पणी लेख्नुहोस्