लेख विवरण

एसिया कप क्रिकेटमा युएईले पाकिस्तानलाई हरायो

एसिया कप क्रिकेटमा युएईले पाकिस्तानलाई हरायो

काठमाडौंँ । युएईले जारी यू-१९ एसिया कपको सेमिफाइनलमा पाकिस्तानलाई ११ रनले पराजित गरेको छ । दुबईको आइसीसी एकेडमी ए मैदानमा युएईको दिएको १ सय १४ रनको लक्ष्य पुरा गर्न पाकिस्तानी टोली असमर्थ रह्यो । टोली ४९.३ ओभरमा १ सय ८२ रन बनाउदै अलआउट भयो ।

यसअघि टस हारेर ब्याटिङ गरेको युएईले ४७.५ ओभरमा अलआउट हुँदै १ सय ९३ रन बनाएको थियो । टोलीका लागि कप्तान आयान अफजल खानले ५५ रनको अर्धसतकीय पारी खेले । ओपनर आर्यन शर्मा (४६), इथान डिसुजाले (३७) रन बनाउदा तनिश सुरी र ध्रुव पराशरले समान १२-१२ रन बनाए । पाकिस्तानका लागि बलिङमा उबेद शाहले सर्वाधिक ४ विकेट लिए । अली असफन्द र अराफात मिन्हासले समान २-२ विकेट लिए । मोहम्मद जिशान र अमिर हसनले १-१ विकेट लिए ।

लक्ष्य पछ्याएको पाकिस्तानका लागि विकेटकिपर साद बेगले ५० रनको अर्धसतकीय पारी खेले । अजान अवैस (४१), अमिर हसन (२७), शाहजैब खान (११) र मोहम्मद जिशानले (१०) रन बनाए । अली असफन्द (१६) रनमा अविजित रहे । युएईका लागि बलिङमा आयमान अहमद र हार्दिक पाईले २-२ विकेट लिए । ओमिद रहमान, ध्रुव पराशर र अम्मर बदामीले समान १-१ विकेट लिए ।

आजै भएको अर्को सेमिफाइनलमा बङलादेशले भारतलाई ४ विकेटले पराजित गरेको छ । प्रतियोगिताको उपाधिका लागि अब युएई र बङलादेश भिड्ने छन् ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.