लेख विवरण

प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता पुष ५ देखी

प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता पुष ५ देखी

काठमाडौंँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता पुष ५ देखी हुने भएको छ । आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले आज प्रतियोगिताको लोगो सार्वजनिक गर्दै प्रतियोगिता पुष ५ देखी १८ गते सम्म हुने जनाएको छ ।

राउन्ड रोबिन ढाँचामा हुने प्रतियोगितामा ७ प्रदेश सहित एक बिभागिय टोली नेपाल एपिएफ क्लबको सहभागिता रहने छ ।

सन् २०१५ देखी प्रत्येक बर्ष आयोजना हुने प्रतियोगिताको यो आठौं संस्करण हो । प्रतियोगिता सन् २०२२ मा भने आयोजना भएको थिएन ।

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.