अरहान्तकेशर र अमिर ब्लोन एनिभरसरी कप स्क्वासको फाइनलमा
काठमाडौँ । अरहान्तकेशर सिंह र अमिर ब्लोन बिहीबार एनएसआरए एनिभरसरी कप स्क्वास प्रतियोगिता २०८० अन्तर्गत पुरुष एकलको फाइनलमा पुगेका छन् ।
सातदोबाटोस्थित नेपाल स्क्वास र्याकेट सङ्घका भवनमा भइरहेको प्रतियोगिताको फाइनल पुग्ने क्रममा नेपालका शीर्ष स्क्वास खेलाडी अरहन्तले उमित श्रेष्ठलाई सीधा सेटमा ११–४, ११–३ र ११–५ ले हराए । अर्को सेमिफाइनलमा अमिर ब्लोनले प्रतिस्पर्धा भिडन्तपछि दीपक थापाको चुनौती ११–८, १२–१४, ११–७, ६–११ र १२–१० ले पार गरे ।
यसैगरी मास्टर्स प्लस ५० को उपाधि भिडन्त छविलाल पाइजा पुन र प्रज्वलप्रकास प्रधानबिच हुनेभएको छ । छविलालले अनिल बज्राचार्यलाई ११–६, ११–६, ११–६ र प्रज्वलले लालबहादुर गुरुङलाई ११–४, ११–४, ११७ ले हराएर फाइनलमा स्थान बनाएका हुन् ।
ब्वाइज यु १९ को सेमिफाइनलमा पासाङ ब्लोनले रोहन नेपाललाई ११–६, ११–६ र ११–४ तथा विकास तुम्सिङ मगरले राकेश परियारलाई १२–१०, ११–९ र ११–८ ले हराए । पासाङले प्लेट च्याम्पियन्सीपको फाइनल पनि खेल्ने छन् । सो स्पर्धाको सेमिफाइनलमा पासाङले विकासलाई ४–११, ९–११, १२–१०, ११–४ र ११–७ ले हराएका हुन् ।
प्लेट च्याम्पियन्सीपको दोस्रो सेमिफाइनलमा दिव्यराज बज्राचार्यले रिद्धि शाक्यलाई ११–३, ११–६ र ११–७ ले पराजित गरे । नेपाल स्क्वास र्याकेट सङ्घ स्थापना ३५ वर्ष पुगेको अवसरमा एनएसआरए एनिभरसरी कप स्क्वास भएको हो ।
एक्स स्टेपको प्रायोजन रहेको प्रतियोगितामा पुरुष ओपन, महिला ओपन, ब्वाइज यु-१९, गर्ल्स यु-१९, मास्टर्स-५० प्लस र प्लेट गरी छ विधामा खेल भइरहेको छ ।

टिप्पणी लेख्नुहोस्