दोश्रो रिभेरा तेक्वान्दो च्याम्पियनसिप पौष ७ मा
काठमाडौं । रिभेरा इन्टरनेसनल एकेडेमीको आयोजनामा दोश्रो रिभेरा तेक्वान्दो च्याम्पियनसिप शनिबार (पौष ७ गते) हुने भएको छ ।
प्रतियोगितामा सम्भावी स्कुल, नेपाल एभरेष्ट स्कुल, जुगलनवा गरुकुल, विज्ञान इङलिस स्कुल, दुर्गाभवनी एकेडेमी, डेफोडिल बोर्डिङ, बोधीसदन स्कुल, हिमशिखर स्कुल, टेक्सास स्कुल, कन्स्टिलेसन स्कुल, युनिभर्सल स्कुल, अरुनिमा एजुकेसन, गणेश हिमाल स्कुल र आयोजक रिभेरा एकेडेमीसहित १४ को सहभागिता रहने छ । जम्मा १ सय ८० खेलाडीले गेरोगी र पुम्सेमा गरी २८ स्पर्धामा प्रतिस्पर्धा गर्ने आयोजक स्कुलका प्रिन्सिपल प्रज्वल कोईरालाले जानकारी गराए ।
गेरोगीको पुरुष/महिलामा समान १०–१० तथा पुम्सेको पुरुष/महिलामा समान ४–४ स्पर्धामा खेल हुने रिभेराका तेक्वान्दो प्रशिक्षक अजय तामाङले जानकारी गराए । एकदिने प्रतियोगिताका खेलहरु चावहिलको मैजुबहालस्थित आयोजककै हातामा हुनेछ ।

टिप्पणी लेख्नुहोस्