लेख विवरण

भावना र राजेन्द्रको सन्न्यास

भावना र राजेन्द्रको सन्न्यास

काठमाडौंँ । नेपाल स्क्वास ¥याकेट्स संघले प्रतियोगिताको समापन कार्यक्रममा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्क्वास प्रतियोगिताबाट सन्न्यास लिएका दुई अनुभवी खेलाडी भावना सुनुवार र राजेन्द्र शाक्यलाई शुभकामनासहित सम्मानपत्र प्रदान गरी उनीहरुको योगदानको कदर गरेको छ । यी दुवैले घरेलु स्क्वास प्रतियोगितालाई भने निरन्तरता दिने छन् ।

दुई दशकदेखि स्क्वासमा समर्पित भावना एक दशकभन्दा बढी घरेलु महिला स्क्वासमा दबदबा बनाउने खेलाडी हुन् । चार पटक दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी भएर भावनाले कोलेम्बोमा भएको दशौँ साग, गुवाहाटीमा भएको १२ औँ साग र काठमाडौँमा भएको १३ औँ सागमा नेपाललाई महिला टिम इभेन्टमा कास्य पदक दिलाएकी थिइन् ।

यसैगरी एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गरिसकेका राजेन्द्र नेपाल स्क्वास एन्ड ¥याकेट्स संघका केन्द्रीय सदस्य पनि हुन् ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.