एनएसएल : पोखराले वीरगन्जलाई हराउदा चितवन र इलामले बराबरी खेल्यो
काठमाडौँ । राजधानीमा जारी नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज भएको पहिलो खेलमा पोखरा थन्डर्सले वीरगन्ज युनाइटेडलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा पोखराले वीरगन्जलाई २–१ गोलले पराजित गरेको हो ।
पोखराको जितमा जो आइडुले छैटौँ र मोसेस ग्याबाले ४४औँ मिनेटमा गोल गरे । वीरगन्जका लागि आइकिन्स बफोरले ११औँ मिनेटमा गोल फर्काएका थिए ।
जितसँगै ६ खेलबाट ११ अङ्क बनाएको पोखरा दोस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट पाँच अङ्क बनाएको वीरगन्ज पाँच अङ्कसहित आठौँ स्थानमा छ ।
आजै भएको दोस्रो खेल एफसी चितवन र स्र्पोटीङ इलाम एफसीले गोलरहित बराबरी खेलेको छ । निर्धारित समयमा गोल हुन नसकेपछि दुबै टोलीले १-१ अंक बाँडेका थिए ।

टिप्पणी लेख्नुहोस्