पर्थ टेस्ट : अस्ट्रेलियालाई ३०० रनको अग्रता, पाकिस्तान २७१ रनमा अलआउट
काठमाडौंँ । अस्ट्रेलिया र पाकिस्तानबीचको टेस्ट सिरिजको पहिलो खेल पर्थमा जारी छ । शनिबार तेस्रो दिनको खेल सकिँदासम्म अस्ट्रेलियाले ३०० रनको अग्रता लिएको छ । पाकिस्तानले पहिलो इनिङ्समा २ सय ७७ रन मात्र बनाउन सक्यो ।
दिनको खेल समाप्त हुँदा अष्ट्रेलियाले दोस्रो इनिङ्समा २ विकेट गुमाएर ८४ रन बनाएको छ । पहिलो इनिङ्समा १६४ रन बनाएका डेभिड वार्नर दोस्रो इनिङ्समा शून्य रनमा आउट भए । अष्ट्रेलियाका स्टिभ स्मिथ र उस्मान ख्वाजा नटआउट रहेकाले चौथो दिनको खेलमा दुवैले अस्ट्रेलियाली इनिङ्सको नेतृत्व गर्नेछन् ।
पर्थ स्टेडियममा तेस्रो दिन पाकिस्तानले २ विकेटको क्षतिमा १३२ रन बनाएर आफ्नो इनिङ्स अगाडि बढाएको थियो । टोली २७१ रन बनाएर अलआउट भयो । पाकिस्तानका इमाम उल हक १९९ बलमा ६२ रन बनाएर आउट भए । उनी बाहेक अन्य ब्याट्सम्यानले खासै केही गर्न सकेनन् । नाइट वाचम्यान खुर्रम शेहजाद मात्र ७ रन बनाएर आउट भए । उनीपछि बाबर आजम २१, साउद शकील २८, सरफराज अहमद ३, फहीम अशरफ ९, आमिर जमाल १० र शाहिन शाह अफ्रिदीले मात्र ४ रन बनाउन सके । सलमान अली आगा २८ रन बनाएर नटआउट रहे ।
अष्ट्रेलियाका लागि पहिलो इनिङ्समा स्पिनर नाथन लियोनले सर्वाधिक ३ विकेट लिए । कप्तान प्याट कमिन्स र मिचेल स्टार्कले २–२ विकेट लिए । जोस हेजलवुड, मिचेल मार्स र ट्राभिस हेडले एक एक सफलता हात पारे । पाकिस्तान पहिलो इनिङ्समा २७१ रन बनाएर अलआउट भएको थियो । अष्ट्रेलियाले पहिलो इनिङ्समा ४८७ रन बनाएपछि टोलीले खेलमा २१६ रनको अग्रता लिएको थियो ।
तेस्रो दिनमै अस्ट्रेलियाले आफ्नो दोस्रो इनिङ्स सुरु गरेको छ । टोलीले २ विकेट गुमाएर ८४ रन बनाउदै खेलमा ३ सय रनको अग्रता लिएको छ । टोलीका ओपनर डेभिड वार्नरले खाता पनि खोल्न सकेनन् भने मार्नस लाबुसचेन २ रन बनाएर आउट भए । दुवै विकेट खुर्रम शहजादले लिए । अष्ट्रेलियाका तर्फबाट उस्मान ख्वाजाले ३४ रन बनाएर नटआउट रहे भने स्टिभ स्मिथले ४३ रन बनाएर नटआउट रहे, यी दुबैले चौथो दिन अस्ट्रेलियाको इनिङ्सको नेतृत्व गर्नेछन् ।
दोस्रो दिन अष्ट्रेलियाले आफ्नो पहिलो इनिङ्समा ४८७ रन बनाएको थियो भने पाकिस्तानका आमिर जमालले ६ विकेट लिएका थिए । अष्ट्रेलियाका लागि मिचेल मार्सले ९० रन बनाए । त्यसको भोलिपल्टै पाकिस्तानले आफ्नो पहिलो इनिङ्स सुरु गर्दा टोलीले २ विकेट गुमाएर १३२ रन बनाएको थियो ।
अष्ट्रेलियाले पहिलो दिनको खेल समाप्त हुँदा ५ विकेट गुमाएर ३ सय ४६ रन बनाएको थियो । टोलीका लागि ओपनर डेभिड वार्नरले शतक प्रहार गरेका थिए । उनी १६४ रन बनाएर आउट भए । मिचेल मार्स र एलेक्स केरी नटआउट रहे । पाकिस्तानका आमिर जमालले २ विकेट लिए ।

टिप्पणी लेख्नुहोस्