लेख विवरण

प्रो क्लब च्याम्पियनशिपको खेलतालिका सार्वजनिक

प्रो क्लब च्याम्पियनशिपको खेलतालिका सार्वजनिक

काठमाडौंँ । विरगंजको नारायणी रंगशालामा आयोजना हुने दोस्रो संस्करणको प्रो क्लब च्याम्पियनशिपको खेल तालिका सार्वजनिक भएको छ । आइतवार सार्वजनिक गरिएको तालिका अनुसार प्रतियोगिताको पहिलो खेलमा पर्सा ११ र यूपी ११ भिड्ने भएका छन । सोहि दिन हुने दोस्रो खेलमा बिभागिय टोली नेपाल आर्मी र नेपाल पुलिस क्लब एक आपसमा भिड्ने भएका छन् । डिसेम्बर २१ का दिने हुने पहिलो खेल बिहान ९ः१५ र दोस्रो १ः१५ मा सुरु हुनेछ ।

टी २० फरम्याटमा हुने प्रतियोगितामा पर्सा ११, नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, नेपाल एपिएफ क्लब भारतीय टोलीहरु यूपी ११ र वन्डर्स क्लब नोएडाको सहभागिता रहने छ ।

प्रतियोगिता डिसेम्बर २१ देखी ३० सम्म चल्नेछ ।

May be an image of text

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.