लेख विवरण

टेस्ट क्रिकेटमा ५ सय विकेट लिने विश्वका आठौं बलर बने नाथन

टेस्ट क्रिकेटमा ५ सय विकेट लिने विश्वका आठौं बलर बने नाथन

काठमाडौंँ । अस्ट्रेलियाका स्पिनर नाथन लियोनले टेस्ट क्रिकेटमा आफ्नो ५०० विकेट पूरा गरेका छन् । लियोन विश्व क्रिकेटमा ५०० टेस्ट विकेट लिने विश्वका आठौं र अष्ट्रेलियाका तेस्रो बलर बनेका छन् । उनले पाकिस्तानविरुद्ध घरेलु टेस्ट सिरिजको पहिलो खेलमा यो कीर्तिमान बनाएका हुन् । अष्ट्रेलिया र पाकिस्तानबीच पर्थ मैदानमा भएको पहिलो टेस्ट म्याचको दोस्रो इनिङ्समा फहिम अशरफको विकेट नाथन लियोनको टेष्ट करियरको ५०० औं विकेट हो ।

यस वर्ष इंग्ल्याण्डमा भएको एसेज सिरिजमा घाइते हुनुअघि नाथनले ४९६ टेस्ट विकेट पूरा गरेका थिए । त्यसपछि उनले पाकिस्तानविरुद्ध जारी टेस्ट म्याचको पहिलो इनिङ्समा ३ विकेट लिएपछि टेस्ट क्रिकेटमा उनको कुल विकेट संख्या ४९९ पुगेको थियो । योसँगै यस खेलको दोस्रो इनिङ्समा पहिलो विकेट लिएपछि नाथन ५०० टेस्ट विकेट लिने विश्वका केही उत्कृष्ट बलरको सूचीमा परेका छन् । उनी अष्ट्रेलियाबाट ५०० टेस्ट विकेट लिने तेस्रो बलर बनेका छन्।

नाथन बाहेक विश्व क्रिकेटमा ५०० विकेट लिने सबै बलरहरुको कुरा गर्ने हो भने श्रीलंकाका पूर्व खेलाडी मुथैया मुरलीधरन (कुल ८०० विकेट) को नाम सबैभन्दा अगाडी छ । उनीपछि शेन वार्न (७०८ विकेट), इङ्ल्यान्डका जेम्स एन्डरसन (६९० विकेट), भारतका पूर्व खेलाडी अनिल कुम्बले (६१९ विकेट), इङ्ल्यान्डका पूर्व खेलाडी स्टुअर्ट ब्रोड (६०४ विकेट), अस्ट्रेलियाका पूर्व बलर ग्लेन म्याकग्रा (५६३ विकेट), वेस्ट इन्डिजका पूर्व बलर कोर्टनी एन्ड्रयु वाल्श (५१९ विकेट) र नाथन लियोन (५०१ विकेट) रहेका छन् ।

नाथनले आफ्नो टेस्ट करियरमा १२३ म्याच खेल्दै २३० इनिङमा ३०.८६ को औसत र २.९३ को इकोनोमी रेटमा कुल ५०१ विकेट लिएका छन् । यो अवधिमा उनको उत्कृष्ट बलिङ फिगर ५० रन खर्चेर ८ विकेट लिनु हो । लियोनले आफ्नो करियरमा अहिलेसम्म २२ पटक ४ विकेट लिएका छन् भने २३ पटक ५ विकेट लिएका छन् ।

Nathan Lyon ( Image Source : Twitter )

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.