लेख विवरण

प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट : लुम्बिनी प्रदेशको टोली घोषणा

प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट : लुम्बिनी प्रदेशको टोली घोषणा

काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशले १४ सदस्यीय टोली घोषणा गरेको छ । घोषणा गरिएको टोलीको नेतृत्व सरस्वती जिएमले गर्ने भएकी छन् । टोलीका अन्य सदस्यहरुमा कृतीका मरासिनी (उप-कप्तान), लक्ष्मी चौधरी, मधु डिसी, शर्मिला रोका, कमला जिएम र शुस्मिता भुषाल रहेका छन । त्यस्तै आष्मा पुलामी, कृती अधिकारी, रन्जु श्रेष्ठ, सुष्मिता बजगाई, चमेली चौधरी, मनिषा राना र सरस्वती पुन पनि टोलीमा रहेका छन ।

गण्डकी प्रदेशले १४ सदस्यीय टोलीसँगै ४ अतिरिक्त खेलाडीको नामावली पनि सार्वजनिक गरेको छ । अतिरिक्त खेलाडीहरुमा साक्षी भण्डारी, दिपा कुँवर, जिज्ञारा थापा र स्वस्तिका बजगाई रहेका छन ।

प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता डिसेम्बर २१ देखी जनवरी ३ सम्म काठमाडौंँको मुलपानी र टियु क्रिकेट मैदानमा आयोजना हुँदैछ । राउन्ड रोबिन लिगमा आधारमा हुने प्रतियोगितामा ७ प्रदेशसँगै एक बिभागिय टोली एपिएफ क्लबको सहभागिता रहने छ ।

प्रतियोगिता अन्तर्गत लुम्बिनी प्रदेशको टोलीले आफ्नो पहिलो खेल डिसेम्बर २१ मा गण्डकी प्रदेश विरुद्ध खेल्ने छ ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.