प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता : गण्डकी प्रदेशको टोली घोषणा
काठमाडौंँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशले १४ सदस्यीय टोली घोषणा गरेको छ । घोषणा गरिएको टोलीमा कुशम गोदार, अञ्जली बिश्वकर्मा, सिमाना केसी, श्रृजना पौडेल, श्रृष्टी पौडेल, सुमन खतिवडा, ज्योत्सिन्का मरासैनी र निरु जिटी रहेका छन् । त्यस्तै आकृती तिवारी, सेरिना थापा, शिला रेग्मी श्रेत्री, श्रेया शाही, रचना चौधरी र अरमिना अधिकारी पनि टोलीमा रहेका छन् ।
प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता डिसेम्बर २१ देखी जनवरी ३ सम्म काठमाडौंँको मुलपानी र टियु क्रिकेट मैदानमा आयोजना हुँदैछ । राउन्ड रोबिन लिगमा आधारमा हुने प्रतियोगितामा ७ प्रदेशसँगै एक बिभागिय टोली एपिएफ क्लबको सहभागिता रहने छ ।
प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेशको टोलीले आफ्नो पहिलो खेल डिसेम्बर २१ मा लुम्बिनी प्रदेश विरुद्ध खेल्ने छ ।

टिप्पणी लेख्नुहोस्