लेख विवरण

युएईलाई १९५ रनले हराउदै बङलादेशले उचाल्यो यू-१९ एसिया कपको उपाधि

युएईलाई १९५ रनले हराउदै बङलादेशले उचाल्यो यू-१९ एसिया कपको उपाधि

काठमाडौंँ । फाइनलमा युएईलाई १९५ रनले हराउदै बङलादेशले यू-१९ एसिया कपको उपाधि जितेको छ । दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा २८३ रनको लक्ष्य पछ्याएको युएईलाई मात्र ८७ रनमा अलआउट बनाउदै बङलादेशले उपाधि माथी कब्जा गरेकोे हो । बङलादेशको जितमा ओपनर तथा विकेटकिपर आशिकुर रहमान शिबलीले सतकीय पारी खेले । १४९ बलको समाना गरेका शिबलीले १२ चौंका र १ छक्काको मद्दतमा १२९ रन बनाए । बलिङमा बङलादेशका लागि मारुफ मृधा र रोहनत डौल्लाह बोर्सनले ३-३ विकेट लिए ।

टस हारेर ब्याटिङ गरेको बङलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८२ रन बनाएको थियो । टोलीका लागि आशिकुर रहमानले सतकिय पारी खेल्दा मो. रिजवान चौधरी (६०) र आरिफुल इस्लाम (५०) रनको अर्धसकिय पारी खेलेका थिए । युएईका लागि आयमान अहमदले १० ओभरमा ५२ रन खर्चेर सर्वाधिक ४ विकेट लिएका थिए । ओमिद रहमान २ र हार्दिक पाई तथा ध्रुव पराशरले १-१ विकेट लिए ।

लक्ष्य पछ्याएको युएईको टोली २४.५ ओभरमा ८७ रन बनाउदै अलआउट भएको थियो । टोलीका लागि ध्रुव पराशरले २५ र अक्षत राईले ११ रन बनाउदा अन्य खेलाडीहरुले दोहरो अंकमा रन बनाउन सकेनन । बङलादेशका लागि मारुफ मृधा र रोहनत डौल्लाह बोर्सनले ३-३ विकेट लिदा इकबाल हुसेन इमन र शेख पावेज जीवनले १-१ विकेट लिए ।

प्रतियोगितामा बङलादेशले भारतलाई तथा युएईले पाकिस्तानलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.