लेख विवरण

प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट : मधेश प्रदेशको टोली घोषणा

प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट : मधेश प्रदेशको टोली घोषणा

काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताका लागि मधेश प्रदेशले १४ सदस्यीय टोली घोषणा गरेको छ । नियमित कप्तान कबिता गौतमको नेतृत्वमा मधेश प्रदेशले टोली घोषणा गरेको हो । टोलीमा कबितासँगै अनुराधा चौधरी, अलिसा यादव (विकेटकीपर) प्रतिमा साह, साना प्रविन, सबनम खातुन र मिना महतो रहेका छन् । पुजा महतो, साक्षी यादव, रोजी कडारी, भुमि सिंह, आरती महतो, सरस्वती चौधरी र चान्दनी खातुन पनि १४ सदस्यीय टोलीमा रहेका छन् ।

मधेश प्रदेशले १४ सदस्यीय टोलीसँगै ४ अतिरिक्त खेलाडीको नामावली पनि सार्वजनिक गरेको छ । अतिरिक्त खेलाडीहरुमा सिमा कुँवर, मोनिका साह, अमिशा पटेल र अर्चना चौधरी रहेका छन् ।

प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता डिसेम्बर २१ देखी जनवरी ३ सम्म काठमाडौंँको मुलपानी र टियु क्रिकेट मैदानमा आयोजना हुँदैछ । राउन्ड रोबिन लिगमा आधारमा हुने प्रतियोगितामा ७ प्रदेशसँगै एक बिभागिय टोली एपिएफ क्लबको सहभागिता रहने छ ।

प्रतियोगिता अन्तर्गत मधेश प्रदेशको टोलीले आफ्नो पहिलो खेल डिसेम्बर २१ मा बागमती प्रदेश विरुद्ध खेल्ने छ ।

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.