लेख विवरण

भत्येरचौ सितोरियो कराते डोजोको ग्रेडिङ सम्पन्न

भत्येरचौ सितोरियो कराते डोजोको ग्रेडिङ सम्पन्न

काठमाडौंँ । दक्षिणकाली नगरपालिका– ८ छैमलेस्थित भत्येरचौर सितोरियो कराते डोजोको खेलाडीको ग्रेडिङ सम्पन्न भएको छ ।

ग्रेडिङमा ७२ जना खेलाडी सहभागी थिए । सहभागी मध्ये कृतिका पौडेल पहिलो, आयुशा पौडेल दोश्रो र सुप्रिया राना मगर तेश्रो भए । समन आचार्य, श्रृष्टि आचार्य र योगेश राना मगर अनुशासित खेलाडी घोषित भए । कराते प्रशिक्षक वीरकृष्ण शाहीले ग्रेडिङ सञ्चालन गरेका थिए ।

सहभागी खेलाडीलाई दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेत, काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेशलाल कक्षपति, काठमाडौं जिल्ला कराते संघका अध्यक्ष शिवराम कारन्जित, आयोजक डोजोका अध्यक्ष कृष्णकुमार पौडेल, व्यवस्थापक तथा प्रशिक्षक सुदिप आचार्य, प्रशिक्षक अनिल कर्माचार्यलगायतले एक कार्यक्रमबीच प्रमाण पत्र प्रदान गरे । सो अवसरमा स्थानिय ज्येष्ठ नागरिकलाई पनि सम्मान गरिएको थियो ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.