लेख विवरण

पहिलो एकदिवसीयमा भारतले दक्षिण अफ्रिकालाई ८ विकेटले हरायो

पहिलो एकदिवसीयमा भारतले दक्षिण अफ्रिकालाई ८ विकेटले हरायो

काठमाडौंँ । पहिलो एकदिवसीय खेलमा भारतले दक्षिण अफ्रिकालाई ८ विकेटले पराजित गरेको छ । जोहानेसबर्गमा सम्पन्न खेलमा भारतका अर्शदीप सिंह र आवेश खानले ९ विकेट लिए । त्यस्तै डेब्यु गरेका साई सुदर्शनले अर्धशतकीय पारी खेल्दै टोलीलाई जित दिलाए । श्रेयस अय्यरले ५२ रन बनाए ।

न्यू वान्डरर्स स्टेडियममा टस जितेर पहिले ब्याटिङ रोजेको दक्षिण अफ्रिका २७.३ ओभरमा ११६ रन बनाएर अलआउट भयो । भारतका लागि अर्शदीपले ५ र आवेशले ४ विकेट लिए । भारतले १ सय १७ रनको लक्ष्य १६ दशमलव ४ ओभरमै पुरा गरेको थियो ।

भारतका साई सुदर्शनले सर्वाधिक ५५ रन बनाए । अर्शदीपले प्लेयर अफ द म्याचको अवार्ड पाए। पहिलो एकदिवसीयमा जितसँगै भारतले ३ खेलको सिरिजमा १-० को अग्रता लिएको छ। सिरिज अन्तर्गत दोस्रो एकदिवसीय खेल डिसेम्बर १९ मा केबेराको सेन्ट जर्ज पार्क स्टेडियममा हुनेछ। खेल नेपाली समय अनुसार दिउँसो ४ः४५ बजे सुरु हुनेछ ।

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.