प्रधानमन्त्री कप काठमाडौंँ जिल्ला छनोटमा १२ क्लब तथा एकेडमीले प्रतिस्पर्धा गर्ने
काठमाडौंँ । छैटौं संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत काठमाडौं जिल्ला छनोटमा १२ क्बल तथा एकेडमीले प्रतिस्पर्धा गर्ने भएका छन् । काठमाडौंँ जिल्ला क्रिकेट संघले आइतवार (आज) सार्वजनिक गरेको तालिका अनुसार प्रतियोगिता पौष २ देखी ११ गतेसम्म संचालन हुने भएको छ ।
मुलपानी मैदानमा हुने प्रतियोगितामा ग्रेट हिमालयन क्रिकेट एकेडमी, बालुवाटार क्रिकेट क्लब, पुष्पलाल स्पोटर्स क्लब, क्रिकेट एक्सीलेन्ट सेन्टर, ओसिस क्रिकेट एकेडमी, जेम्स थन्डर्स क्रिकेट एकेडमी, नेक्सस क्रिकेट एकेडमी, न्यु भिजन क्लब, डिएभी क्रिकेट एकेडमी, माहाबीर क्लब, हिमालयन क्रिकेट एकेडमी र फरएभर ब्याइज एकेडमीले सहभागिता जनाउने भएका छन् ।
प्रतियोगिता सहभागी टोलीलाई ४ समुहमा विभाजन गरिएको छ । टि-२० फरम्याटमा हुने प्रतियोगिताको समुह विजेता टोलीले सेमिफाइनलमा स्थान बनाउने छ । प्रतियोगिताको सेमिफाइनल र फाइनल ५० ओभरको फरम्याटमा हुने काठमाडौं जिल्ला क्रिकेट संघले जनाएको छ ।

टिप्पणी लेख्नुहोस्