लेख विवरण

पाण्ड्या मुम्बई इन्डियन्सको कप्तान बनेपछि आक्रोसित फ्यानहरूले जर्सी र टोपी जलाए (भिडीयो)

पाण्ड्या मुम्बई इन्डियन्सको कप्तान बनेपछि आक्रोसित फ्यानहरूले जर्सी र टोपी जलाए (भिडीयो)

काठमाडौंँ । रोहित शर्माको स्थानमा हार्दिक पाण्ड्या मुम्बई इन्डियन्सको कप्तान बनेको फ्यानहरूले मन पराएका छैनन् । अहिले मुम्बई इन्डियन्सका फ्यानहरूले विभिन्न तरिकाले टोलीको विरोध गर्न थालेका छन् । मुम्बई टोलीले अचानक हार्दिक पाण्ड्यालाई आईपीएल २०२४ को कप्तान बनाएको छ । टोलीलाई पाँच पटक आईपीएलको उपाधि जिताउन मद्दत गरेका रोहित शर्मालाई मुम्बईले कप्तान पदबाट हटाउने निर्णय गरेको छ ।

मुम्बईले रोहितलाई कप्तानीबाट हटाएको रोहित शर्माका फ्यानले अझै पत्याउन सकेका छैनन् । रोहितलाई कप्तानीबाट हटाएपछि सामाजिक सञ्जालमा धेरै भिडियो भाइरल भइरहेका छन्, जसमा फ्यानहरूले मुम्बईको जर्सी र क्याप जलाएको देखिन्छ । भिडियोमा एक फ्यानले मुम्बई इन्डियन्सको जर्सी झुण्डाएर आगो लगाएका छन् ।

अर्को भिडियोमा फ्यानहरुले मुम्बईको टोपी जलाउँदै गरेको देखिन्छ । भिडियोमा फ्यानले पहिले टोपी भुइँमा फ्याँकेपछि खुट्टाले कुल्चेको देख्न सकिन्छ । त्यसपछि उनले टोपीमा आगो लगाउछन् । त्यसैगरी फ्यानहरुले मुम्बई इन्डियन्सको विरोध पनि गरेका छन् ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.