लेख विवरण

नखिपोट बास्केटबलमा रोयल उपाधिनजिक

नखिपोट बास्केटबलमा रोयल उपाधिनजिक

काठमाडौंँ । रोयल दोश्रो नखिपोट खुला बास्केटबल प्रतियोगिताको महिला यु–२३ मा आइतबार फाइनलमा प्रवेश गरेको छ । तीन टिम सहभागी राउन्ड रोविन लिगमा रोयल शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो ।

नखिपोट युथ क्लबको आयोजनामा भइरहेको प्रतियोगितामा रोयलले कीर्तिपुरलाई ६२–३८ ले पराजित ग¥यो । रोयलका छिरिङ शेर्पा र श्रृष्टि फाइजोले समान ११–११ स्कोर गरे ।

रोयलले सुरुका दुई क्वाटरमा क्रमशः २०–५ र २४–२ को अग्रता लिदै जितको आधार खडा गरेको थियो । रोयल तेश्रोमा १३–१३ को बराबरीमा रोकियो भने चौथोमा ५–१८ ले पछि प¥यो ।

उपाधिका लागि रोयलले बूढानीलकण्ठ विरुद्ध खेल्ने छ । लिगमा कीर्तिपुरलाई हराएको बूढानीलकण्ठ उपविजेताका रुपमा फाइनलमा स्थान बनाउन सफल भयो ।

पुरुषमा बूढानीलकण्ठ र टाइम्स उपाधिका लागि भिड्ने भएका छन् । बूढानीलकण्ठले कीर्तिपुर ‘ए’ लाई प्रतिस्पर्धात्मक खेलमा ९८–९७ को झीनोअन्तरले हरायो । विजयी टिमका लागि तेन्जिङ शेर्पाले ३४ स्कोर गरे । टाइम्सले नेपाल आर्मीलाई ८५–७२ ले पाखा लगायो । टाइम्सका मविन्द्र भण्डारीले २६ अंक जोडे । फाइनल सोमबार हुनेछ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.