प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट : कर्णाली प्रदेशको टोली घोषणा
काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशले आफ्नो टोली घोषणा गरेको छ । प्रदेशले किरण कुमारी कुँवरको नेतृत्वमा १४ सदस्यीय टोली घोषणा गरेको हो । घोषणा गरिएको टोलीमा किरणसँगै अंजु गुरुङ, बिना थापा, तिर्सना बिश्वकर्मा, एन्जीला थापा, रमा बुढाथोकी र यमुना थारु रहेका छन् । टोलीमा निकिता धमला, निलम शाही, बिमला बुढाथोकी, श्रुती बुढा, राक्सी खड्का, गौरी बोहरा र करिश्मा शाही पनि रहेका छन् ।
प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता डिसेम्बर २१ देखी जनवरी ३ सम्म काठमाडौंँको मुलपानी र टियु क्रिकेट मैदानमा आयोजना हुँदैछ । राउन्ड रोबिन लिगमा आधारमा हुने प्रतियोगितामा ७ प्रदेशसँगै एक बिभागिय टोली एपिएफ क्लबको सहभागिता रहने छ ।
प्रतियोगिता अन्तर्गत कर्णाली प्रदेशको टोलीले आफ्नो पहिलो खेल डिसेम्बर २१ मा कोशी प्रदेश विरुद्ध खेल्ने छ ।

टिप्पणी लेख्नुहोस्