लेख विवरण

National Twins Day : क्रिकेट जगतका पाँच जुम्ल्याहा दाजुभाइको जोडी

National Twins Day : क्रिकेट जगतका पाँच जुम्ल्याहा दाजुभाइको जोडी

काठमाडौंँ । राष्ट्रिय जुम्ल्याहा दिवस हरेक वर्ष डिसेम्बर १८ मा मनाइन्छ। जुम्ल्याहा भनेको एकैसाथ जन्मेका दुई जना मानिस हो । क्रिकेट संसारमा धेरै जुम्ल्याहा क्रिकेटरहरू खेलको हिस्सा बनेका छन्। अष्ट्रेलियाका दुई दाजुभाइ मार्क वा र स्टिभ वाको बारेमा सायद हरेक क्रिकेट फ्यानलाई थाहा होला, हामी तपाईलाई यस्ता ५ क्रिकेट जोडीको बारेमा बताइरहेका छौँ जो जुम्ल्याहा थिए । 

१. मार्क वा र स्टिभ वा

मार्क और स्टीव वॉ

अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक सँगै मैदानमा उत्रने जुम्ल्याहा दाजुभाइको जोडी अष्ट्रेलियाका मार्क वा र स्टिभ वा थिए। यी दुई दाजुभाइ सन् १९८८ डिसेम्बर ११ मा पाकिस्तानविरुद्धको खेलमा मैदानमा सँगै खेलेका थिए । उक्त खेलमा मार्क वाले बलिङ गर्न पाएनन्, तर उनले आफ्नो फिल्डिङ मार्फत सबैको मन जितेका थिए । दुवै दाजुभाइले ३५ हजारभन्दा बढी अन्तर्राष्ट्रिय रन बनाएका छन् भने ७३ शतक बनाएका छन् । दुवैले बलिङ गर्दै ४०० भन्दा बढी विकेट लिएका थिए ।

२. हमिस र जेम्स मार्शल

हामिश और जेम्स मार्शल

एउटै टोलीका लागि एकै खेलमा सँगै क्रिकेट खेल्ने पहिलो पुरुष जुम्ल्याहाहरू न्यूजील्याण्डका हमिस र जेम्स मार्शल थिए । उनीहरुले सन् २००५ मार्च अकल्याण्डको इडेन पार्कमा अस्ट्रेलियाविरुद्ध खेलेका थिए। यस खेलमा अष्ट्रेलियाका कप्तान रिकी पोन्टिङले पनि पछि कसरी यी दुईबीचको भिन्नता थाहा पाउने कुरा स्वीकार गरेका थिए ।

३. माइक र डेरेक टेलर

माइक और डेरेक टेलर

समान जुम्ल्याहा भाइहरू माइक टेलर र डेरेक टेलर बकिंघमशायरमा जन्मिएका थिए र दुबैले लामो समय सम्म काउन्टी क्रिकेट खेले । माइक नटिंघमशायर र ह्याम्पशायरका लागि मध्यम गतिका बलर अलराउन्डर थिए भने डेरेक विकेटकिपर ब्याट्सम्यान थिए । डेरेकले सरे र समरसेटका लागि खेलेका थिए।

४. बिली र जोन डेन्टन

बिली और जॉन डेंटन

इंग्ल्यान्डका जुम्ल्याहा दाजुभाई बिली र जोन डेन्टन पनि यो सूचीमा सामेल छन् । नर्थह्याम्पटनशायरमा जन्मिएका यी दाजुभार्इहरूले काउन्टीमा १०० भन्दा बढी खेल हरू खेलेका थिए। दुई भाइहरू नर्थह्याम्पटनशायरका लागि उत्कृष्ट ओपनिंग साझेदारी खेल्न माहिर थिए।

५. एरिक र एलेक बेडसर

एरिक और एलेक बेडसर

इङ्गल्याण्डका बेड्सर्स दाजुभाइहरूलाई देशको सबैभन्दा प्रसिद्ध जुम्ल्याहाहरू मध्ये एक भन्न सकिन्छ। एरिक र एलेक बेड्सरले लगभग १५ वर्षसम्म इङ्लिस काउन्टी क्रिकेटमा सरेबाट क्रिकेट खेलेका थिए। एलेक दायाँ हाते मध्यम गतिका बलर थिए भने एरिकले दायाँ हाते अफ ब्रेक बलिङ गरेका थिए । यी दुवै ब्याटीङ पनि गर्ने गर्दथे । यी दुवैले एउटै टिममा रहेर लगातार सात पटक काउन्टी उपाधि जितेका थिए ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.