प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट : बागमती प्रदेशको टोली घोषणा
काठमाडौंँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशले टोली घोषणा गरेको छ । घोषणा गरिएको टोलीको नेतृत्व नियमित कप्तान अस्मिना कर्माचार्यले गर्ने भएकी छन् । टोलीमा अस्मिनासँगै सोनी पाख्रिन, कञ्चन श्रेष्ठ (विकेटकिपर), खुशी डंगोल, हेलिशा गुरुङ, अस्मिता खरेल र कृष्मा गुरुङ रहेका छन् । त्यस्तै संस्कृती फुयाल, सलिना सिलवाल, सबिका कुमारी यादव, यशोदा बिष्ट, बिपिशा शाही, मनिषा उपाध्याय र यशु पाण्डे पनि टोलीमा रहेका छन् ।
प्रदेशले घोषणा गरेको १४ सदस्यीय टोली बाहेक अतिरिक्त खेलाडीमा सुजिता थापा, एली यादव, अनिशा मजाकोटी र लक्ष्मी माया रुम्बा रहेका छन । टोलीको प्रशिक्षकमा सुधिर कुमार महर्जन, व्यवस्थापक निरा राजोपाध्याय र टेक्निकल एनालिस्टमा राजन शाह रहेका छन् ।
प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता डिसेम्बर २१ देखी जनवरी ३ सम्म काठमाडौंँको मुलपानी र टियु क्रिकेट मैदानमा आयोजना हुँदैछ । राउन्ड रोबिन लिगमा आधारमा हुने प्रतियोगितामा ७ प्रदेशसँगै एक बिभागिय टोली एपिएफ क्लबको सहभागिता रहने छ ।
प्रतियोगिता अन्तर्गत बागमती प्रदेशको टोलीले आफ्नो पहिलो खेल डिसेम्बर २१ मा मधेश प्रदेश विरुद्ध खेल्ने छ ।

टिप्पणी लेख्नुहोस्