लेख विवरण

प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट : सुदुपश्चिम प्रदेशको टोली घोषणा

प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट : सुदुपश्चिम प्रदेशको टोली घोषणा

काठमाडौंँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताका लागि सुदुपश्चिम प्रादेशिक क्रिकेट संघले टोली घोषणा गरेको छ । घोषणा गरिएको टोलीको नेतृत्व रितु कनौजियाले गर्ने भएकी छन् ।

प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता पौष ५ देखी १८ गतेसम्म काठमाडौंँको मुलपानी र टियु क्रिकेट मैदानमा आयोजना हुँदैछ । पहिलो पटक राउन्ड रोबिन लिगमा आधारमा आयोजना हुन लागेको प्रतियोगितामा ७ प्रदेशसँगै एक बिभागिय टोली एपिएफ क्लबको सहभागिता रहेको छ ।

प्रतियोगिता अन्तर्गत सुदुपश्चिम प्रदेशको टोलीले आफ्नो पहिलो खेल पौष ५ मा बिभागिय टोली एपिएफ क्लबविरुद्ध खेल्ने छ ।

सुदुपश्चिम प्रदेशको टोली : रितु कनौजिया (कप्तान), बिन्दु रावल (उप-कप्तान), कबिता जोशी, सम्झना खड्का, शोभा रोकाया, अनु कडायत, साबित्री धामी, लक्ष्मी साउद, मनिषा चौधरी, राधिका पुजारा, रेवती धामी, इश्वरी बिष्ट, जानकी थापा र रुबी पोडार ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.