लेख विवरण

प्रो क्लब च्याम्पियनशिपका लागि लामिछानेको कप्तानीमा पर्सा-११ घोषणा

प्रो क्लब च्याम्पियनशिपका लागि लामिछानेको कप्तानीमा पर्सा-११ घोषणा

बिरगंज । प्रो क्लब च्याम्पियनशिपका लागि पर्सा क्रिकेट संघले पर्सा-११ टोली घोषणा गरेको छ । घोषणा गरिएको टोलीको कप्तानी राष्ट्रिय टोलीका खेलाडी तथा पूर्व कप्तान सन्दीप लामिछानेले गर्ने भएका छन् । यसअघि लामिछानेले केपी ओलि कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशको कप्तानी गरेका थिए ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीको हाल कुनैपनि अन्तराष्ट्रिय खेल तालिका नरहेकाले लामिछाने घरेलु क्रिकेटमा व्यस्त भएका छन ।

प्रो क्लब च्याम्पियनशिप पौष ५ देखी १५ गतेसम्म बिरगंजको नारायाणी क्रिकेट रंगशालामा आयोजना हुन लागेको हो । प्रतियोगितामा पर्सा-११ सँगै नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, एपिएफ क्लब तथा भारतीय टोलीहरु यूपी-११ र वन्डर्स क्लब नोएडाको सहभागिता रहेको छ । टि-२० फरम्याटमा हुने प्रतियोगिताको पहिलो ९ः१५ र दोस्रो १ः१५ बजेबाट सुरु हुनेछ ।

पर्सा-११ टोली : सन्दीप लामिछाने (कप्तान), हासिम अंसारी, सुरज पटेल, सैफुल्लाह अंसारी, सराजुल आलम, समसाद अंसारी, समसाद मंसुरी, इमरान शेख, रञ्जीत कुमार, असाहब हुसैन, नसीरुदिन अंसारी, अलफाज मंसुरी, अनिल साह, पवन सर्राफ र रुपेश सिंह ।

May be an image of ticket stub and text

टिप्पणी लेख्नुहोस्

Please Login to comment.