प्रधानमन्त्री कप राष्ट्रिय टी–२० क्रिकेट : एपिएफको टोली घोषणा
काठमाडौंँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताका लागि बिभागिय टोली एपिएफ क्लबले टोली घोषणा गरेको छ । घोषणा गरिएको टोलीको नेतृत्व सिता राना मगरले गर्ने भएकी छन् ।
प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता पौष ५ देखी १८ गतेसम्म काठमाडौंँको मुलपानी र टियु क्रिकेट मैदानमा आयोजना हुँदैछ । पहिलो पटक राउन्ड रोबिन लिगमा आधारमा आयोजना हुन लागेको प्रतियोगितामा ७ प्रदेशसँगै एक बिभागिय टोली एपिएफ क्लबको सहभागिता रहेको छ ।
प्रतियोगिता अन्तर्गत एपिएफ क्लबको टोलीले आफ्नो पहिलो खेल पौष ५ मा सुदुपश्चिम प्रदेश विरुद्ध खेल्ने छ ।
एपिएफ क्लबको टोली : सिता राना मगर (कप्तान), इन्दु बर्मा, सरिता मगर, करुणा भण्डारी, बिनु बुढा मगर, सोनु खड्का, रेखा रावल, ममता चौधरी, रोमा थापा, नेरि थापा, राजमती ऐरि, मन्जु बोकाटी (विकेटकिपर), ज्योती पाण्डे (विकेटकिपर) र सुमन बिष्ट ।

टिप्पणी लेख्नुहोस्