एक करोड बेस प्राइस भएका पावेललाई राजस्थानले साढे सात गुणा बढी रकममा किन्यो
काठमाडौंँ । राजस्थान रोयल्सले रोभम्यान पावेललाई ७.४० करोड भारुमा आफ्नो टोलीको हिस्सा बनाएको छ । पावेलको आधार मूल्य १ करोड भारु थियो । अघिल्लो सिजनमा पावेल दिल्ली क्यापिटल्सको हिस्सा थिए। दिल्लीले सन् २०२३ मा पावेललाई २.८० करोड भारुमा किनेको थियो। तर सन् २०२४ को आईपीएल अघि दिल्लीले उनलाई रिलिज गरेको थियो । अहिले राजस्थानले उनलाई ठूलो बोली लगाएर आफ्नो टोलीमा समावेश गरेको छ ।
वेस्ट इन्डिजका अलराउन्डरले सन् २०२३ मा दिल्लीका लागि मात्र तीन खेल खेलेका थिए, जसमा उनले ब्याटिङमा ७ रन र बलिङमा १ विकेट लिएका थिए। तर, त्यसपछि पनि दिल्लीले उनीमाथि ठूलो बोली लगाएको थियो । अब राजस्थानका लागि पावेल कत्तिको सफल साबित हुन्छन्, त्यो चासोको विषय हुनेछ ।

टिप्पणी लेख्नुहोस्