विश्वकप फाइनलमा शतक प्रहार गर्ने ट्राभिस हेडलाई सनराइजर्स हैदरावादले ६ करोडमा किन्यो
काठमाडौंँ । विश्वकपको फाइनलमा भारत विरुद्ध विजयी शतक प्रहार गर्ने अस्ट्रेलियाका विस्फोटक ओपनर ट्राभिस हेडले आईपीएल २०२४ को लिलामीमा ठूलो रकम पाएका छन् । उनलाई किन्न चेन्नई सुपर किंग्स र सनराइजर्स हैदरावादबीच लामो दौड चलेको थियो । तर, अन्तिममा हैदरावादले हेडलाई आफ्नो टोलीमा समावेश गरेको छ।
ट्राभिस हेडको बेस प्राइस २ करोड भारतीय रुपैया थियो, सनराइजर्स हैदरावादले आईपीएल २०२४ को लिलामीमा उनलाई ६ करोड ८० लाख भारतीय रुपैयामा किनेको छ। चेन्नई सुपर किंग्सले पनि उनलाई ६ करोड रुपैयाँभन्दा बढीको बोली लगाएको थियो तर हैदरावादले ठूलो रकम तिरेर हेडलाई आफ्नो टोलीमा समावेश गरेको छ ।

टिप्पणी लेख्नुहोस्