लेख विवरण

न्युजिल्यान्डका स्टार अलराउन्डर रचिन रविन्द्रले चेन्नईबाट आइपीएल खेल्ने

न्युजिल्यान्डका स्टार अलराउन्डर रचिन रविन्द्रले चेन्नईबाट आइपीएल खेल्ने

काठमाडौंँ । चेन्नई सुपर किंग्सले न्युजिल्यान्डका स्टार अलराउन्डर रचिन रविन्द्रलाई करोडौ रुपैयाँ मा खरिद गरेको छ । पञ्जाब किंग्सले पनि रचिनलाई बोली लगाएको थियो। तर अन्तमा चेन्नई सुपर किंग्सले रचिनलाई १.८० करोड भारु तिरेर किनेको छ। रचिनको आधार मूल्य ५० लाख भारु थियो । रचिनले भर्खरै सम्पन्न एकदिवसीय विश्वकपमा ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

पहिलो एकदिवसीय विश्वकप खेल्दा रचिनले ३ शतक बनाएका थिए । यस्तो अवस्थामा उनी चेन्नईका लागि कत्तिको फाइदाजनक साबित हुन्छन्, त्यो हेर्नु रोचक हुनेछ । रचिनले बलिङमा राम्रो प्रदर्शन गरेका थिए । विश्वकप खेलेपछि रचिनलाई भारतीय पिचमा खेल्ने राम्रो अनुभव थियो। यस्तो अवस्थामा उसले चेन्नई टोलीलाई फाइदा पुर्‍याउन सक्छ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.