लेख विवरण

गत वर्ष १३ करोडभन्दा बढी रकम पाएका ह्यारी ब्रुकलाई दिल्लीले ४ करोडमा किन्यो

गत वर्ष १३ करोडभन्दा बढी रकम पाएका ह्यारी ब्रुकलाई दिल्लीले ४ करोडमा किन्यो

काठमाडौंँ । इंग्ल्याण्डका ब्याट्सम्यान ह्यारी ब्रुकलाई आईपीएल २०२४ को लिलामीमा दिल्ली क्यापिटल्सले ४ करोडमा किनेको छ । ह्यारी ब्रुकको नाम आइपिएलको पहिलो सेट लिलामीमा नै थियो । इंग्ल्याण्डका यी विस्फोटक ब्याट्सम्यानको नाम आउनेबित्तिकै दिल्ली क्यापिटल्सले बोली लगायो । दिल्लीसँगै राजस्थान रोयल्सले पनि यो खेलाडीको लागि बोली लगाएको थियो तर अन्त्यमा दिल्लीको टोलीले ४ करोड भारु तिरेर यो खेलाडीलाई आफ्नो टोलीमा समावेश गरेको छ ।

ह्यारी ब्रुकले अहिलेसम्म आईपीएलको एउटा सिजन मात्र खेलेका छन् । गत वर्षको आईपीएल लिलामीमा सनराइजर्स हैदरावादको टोलीले १३.२५ करोड भारुको ठूलो बोली लगाएर उनलाई आफ्नो टोलीमा सामेल गरेको थियो तर आइपिएल २०२३ मा ब्रुकको ब्याट त्यति चल्न सकेन, जसका लागि उनलाई १३ करोडभन्दा बढी रकम दिइएको थियो । तर, आईपीएलको पहिलो सिजनमा ह्यारी ब्रुकले उत्कृष्ट शतकीय इनिङ्स खेलेका थिए । यही कारण हैदरावादको टोलीले यस लिलामीअघि ह्यारी ब्रुकलाई रिलिज गरेको थियो ।

लिलामीअघि ह्यारी ब्रुक बिक्री नहुने चर्चा चलेको थियो तर इङ्ल्यान्ड र वेस्ट इन्डिजबीच जारी टी–२० सिरिजको तेस्रो खेलमा ह्यारी ब्रुकले ७ बलमा ३१ रन बनाएर आफ्नो टोलीलाई हारेको खेलमा जित दिलाएका थिए । त्यसको केही दिनपछि यो लिलामी आयोजना हुँदैछ । सायद ब्रुकको त्यो इनिङ यस लिलामीमा उनको लागि उपयोगी साबित भयो । तर, दिल्ली र राजस्थान बाहेक अरु कुनै टोलीले ह्यारी ब्रुकका लागि बोली लगाएनन् ।

 

 

 

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.