आईपीएल अक्सन : डेरिल मिचेलको लागि चेन्नई सुपर किंग्सले खर्च गर्यो बेस प्राइसको १४ गुणा रकम
काठमाडौंँ । न्युजिल्यान्डका डेरिल मिचेलमाथि करोडौं रुपैयाँ खर्च भएको छ ।
चेन्नई सुपर किंग्सले आइपिएल २०२४ को लागि जारी लिलामीमा डेरिल मिचेललाई १४ करोड भारु दिएको छ ।
मिचेलको आधार मूल्य १ करोड भारु थियो तर उनलाई १४ गुणा बढीमा किनिएको छ ।
पहिले दिल्ली र पञ्जाबले मिचेलका लागि बोली लगाए, तर मूल्य बढेपछि दिल्लीको टोली पछि हट्यो र त्यसपछि चेन्नईले उनलाई आफ्नो टोलीमा भित्रयाउन सफल भयो ।

टिप्पणी लेख्नुहोस्