आईपीएल २०२४ : हर्षल पटेल अब पञ्जाब किंग्सको जर्सीमा देखिने
काठमाडौंँ । हर्षल पटेल आईपीएल २०२४ सिजनमा पञ्जाब किंग्सको जर्सीमा देखिनेछन्। पञ्जाब किंग्सले ११.७५ करोड भारु खर्चेर हर्षललाई आफ्नो टोलीमा समावेश गरेको छ । जहाँ हर्षल पटेलको आधार मूल्य २ करोड थियो । पञ्जाब किंग्स बाहेक, गुजरात टाइटन्स र लखनउ सुपर जायन्ट्सले हर्षल पटेलका लागि बोली लगाए, तर पञ्जाब किंग्सले अन्तिम बोली जित्यो।
यसअघि हर्षल पटेल रोयल च्यालेन्जर्स बैंगलोरको हिस्सा थिए तर हालै रोयल च्यालेन्जर्स बैंगलोरले हर्षललाई रिलिज गरेको थियो । आईपीएल अक्सन २०२३ मा रोयल च्यालेन्जर्स बैंगलोरले हर्षल पटेललाई १०.७५ करोडमा किनेको थियो । रोयल च्यालेन्जर्स बैंगलोर बाहेक, हर्षल पटेल आईपीएलमा दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्सको पनि सदस्य थिए। तर अब उनी पञ्जाब किंग्सको जर्सीमा देखिनेछन् ।
हर्षलले आईपीएलमा अहिलेसम्म ९२ खेल खेलिसकेका छन् । उनले आफ्नो आईपीएल करियरमा १११ विकेट लिएका छन् । आईपीएल खेलहरूमा हर्षलको इकोनोमी ८.५९ रहेको छ भने औसत २४.०७ रहेको छ । हर्षलले आफ्नो आईपीएल करियरमा एक खेलमा ५ विकेट लिने कीर्तिमान कायम गरेका छन् । योसँगै हर्षलको उत्कृष्ट बलिङ पनि २७ रनमा ५ विकेट रहेको छ ।

टिप्पणी लेख्नुहोस्