लेख विवरण

आईपीएल अक्सन : स्टिभ स्मिथदेखि मनिष पाण्डेसम्म यी ठूला खेलाडी भए अनसोल्ड

आईपीएल अक्सन : स्टिभ स्मिथदेखि मनिष पाण्डेसम्म यी ठूला खेलाडी भए अनसोल्ड

काठमाडौंँ । आइपिएलको अक्सनमा स्टिभ स्मिथ र मनिष पाण्डेजस्ता खेलाडीलाई कुनैपनि फ्रेन्चाइज टोलीले बिड गरेन । अर्थात्, यी खेलाडीहरू लिलामीमा बिक्री हुन सकेनन्। यो सूचीमा दक्षिण अफ्रिकी खेलाडी रेली रोसोका अलावा भारतका करुण नायरको नाम पनि समावेश छ । तर, नबिकेका यी खेलाडीले फेरि मौका पाउनेछन् । यो लिलामीको अन्त्यमा यी नबिकेका खेलाडीका लागि फेरि बोलि लाग्नेछ ।

अस्ट्रेलियाका स्टिभ स्मिथ र दक्षिण अफ्रिकी खेलाडी रिली रोसोउको आधार मूल्य २ करोड भारु थियो । त्यस्तै भारतीय खेलाडी मनिष पाण्डे र करुण नायरको बेस प्राइस ५० लाख भारु थियो । न्युजिल्यान्डका तीव्र गतिका बलर लोकी फर्गुसन पनि बिक्री भएनन् । लोकी फर्गुसनको बेस प्राइस २ करोड भारु थियो ।

अनसोल्ड भएका खेलाडीहरू : स्टिभ स्मिथ, करुण नायर, मनिष पाण्डे, रेली रोसोउ, जोश इङ्लिस, फिल साल्ट, कुसल मेन्डिस ।

हालै भारतविरुद्धको टी–२० सिरिजमा अस्ट्रेलियाका जोस इङ्लिसले शतक प्रहार गरेका थिए । तर, आज लिलामीमा भने अनसोल्ड भए । जोस इंगलिसले राम्रो पैसा पाउन सक्छन् भन्ने विश्वास गरिएको थियो, तर टोलीहरूले चासो देखाएनन्। यसबाहेक इंग्ल्याण्डका फिल साल्ट र श्रीलङ्काका कुशल मेन्डिसले पनि खरिदकर्ता पाएनन् ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.