लेख विवरण

एनएसएल : स्पोर्टिङ इलामले ललितपुर सिटीलाई हरायो

एनएसएल : स्पोर्टिङ इलामले ललितपुर सिटीलाई हरायो

काठमाडौँ । राजधानीमा जारी नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा स्पोर्टिङ इलामले ललितपुर सिटी एफसीलाई पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा स्पोर्टिङ इलामले ललिपुर सिटी एफसीलाई १–० ले गोलअन्तरले पराजित गरेको हो । इलामका लागि खेलको ५९औँ मिनेटमा फोडे कमराले गरेको गोल नै निर्णायक सावित भयो ।

प्रतियोगितामा ललितपुरको यो पहिलो हार हो । हारसँगै ललितपुरले शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ । सात खेल खेलेको ललितपुर १० अङ्कसहित तेस्रो स्थानमा छ । जितसँगै इलाम आठ खेलबाट ८ अङ्कसहित पाँचौँ स्थानमा उक्लिएको छ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.