प्रीति जिन्टाले शाहरुख खानलाई किन्न नसक्दा गुजरातले जित्यो बाजी
काठमाडौंँ । आईपीएल २०२४ लिलामीमा गुजरात टाइटन्सले शाहरुख खानलाई ७.४० करोड भारुमा किनेको छ । शाहरुख खानको आधार मूल्य मात्र ४० लाख भारु थियो तर गुजरातले उनलाई आफ्नो टोलीमा समावेश गर्न ७.४० करोड खर्च गरेको छ । गुजरात टाइटन्स र पञ्जाब किंग्स बीच शाहरुख खानको लागि बोली युद्ध चलेको थियो, अन्ततः गुजरातले शाहरुख खानलाई किन्न सफल भयो।
लिलामीमा पञ्जाबले शाहरुखका लागि पहिलो बोली लगाएको थियो। त्यसपछि गुजरात बोलीमा प्रवेश गर्यो । गुजरात र पञ्जाबले शाहरुखका लागि बोली लगाउन सुरु गर्यो। र गुजरातले ७.४० करोड भारु खर्च गरेर शाहरुखलाई टोलीमा समावेश गर्न सफल भयो । यसरी शाहरुखले आधार मूल्यभन्दा १८.५ गुणा बढी पैसा पाए । यसअघि शाहरुख पञ्जाब किंग्सको टोलीमा थिए तर हालै पञ्जाबले उनलाई रिलिज गरेको थियो ।
शाहरुखले सन् २०२१ मा पहिलो पटक आईपीएल खेलेका थिए । आईपीएल २०२१ को लिलामीमा पञ्जाबले शाहरुखलाई ५.२५ करोडमा किनेको थियो । त्यसपछि सन् २०२२ को आईपीएल लिलामीमा पञ्जाबले शाहरुखलाई ९ करोडमा किन्यो । पञ्जाबले आईपीएल २०२३ को लिलामीमा शाहरुखलाई ९ करोडमा किनेको थियो । तर यस पटक प्रिती जिन्टाको टोलीले शाहरुखलाई किन्न असफल भयो। अब शाहरुख गुजरात टाइटन्सको जर्सीमा देखिनेछन् ।

टिप्पणी लेख्नुहोस्