लेख विवरण

दिल्ली क्यापिटल्सले गुमनाम खेलाडीमाथी खर्च गर्यो ७.२० करोड

दिल्ली क्यापिटल्सले गुमनाम खेलाडीमाथी खर्च गर्यो ७.२० करोड

काठमाडौंँ । इन्डियन प्रिमियर लिग २०२४ को लिलामीमा धेरै खेलाडीले सोचेभन्दा बढी मूल्य पाएका छन् । जारी लिलामीमा विदेशी खेलाडीसँगै भारतीय खेलाडीहरुले पनि ठूलो रकम पाएका छन् । यसैबीच दिल्ली क्यापिटल्सले नाम नखुलेका १९ वर्षीय खेलाडीका लागि ७.२० करोड भारु खर्च गरेको छ । दिल्लीले आधार मूल्यभन्दा धेरै रकम तिरेर कुमार कुशाग्रलाई किनेको छ । कुशाग्राले भारतको अन्डर-१९ टोलीका लागि राम्रो प्रदर्शन गरेका छन्। उनी घरेलु खेलमा झारखण्डका लागि खेल्छन्।

कुशाग्रको आधार मूल्य २० लाख थियो। लिलामीमा चेन्नई सुपर किंग्सले उनलाई पहिलो बोली लगाएको थियो। त्यसपछि गुजरात टाइटन्स बोलीमा प्रवेश गरेको थियो । गुजरात र चेन्नईबीच बोलीको छोटो लडाई भयो । चेन्नईले कुशाग्रमाथी ६० लाख भारुको अन्तिम बोली लगायो। त्यसपछि दिल्ली क्यापिटल्सले बिडिङ गर्न थाल्यो । दिल्ली र गुजरातबीचको प्रतिस्पर्धा अन्तिमसम्म जारी रह्यो । गुजरातले ७ करोड भारु सम्मको बोली लगायो । तर अन्तिममा दिल्लीले बिडिङ जित्यो । दिल्लीले उनलाई ७.२० करोडमा किनेको छ ।

कुशाग्राले दिल्लीविरुद्ध खेल्दै प्रथम श्रेणी क्रिकेटमा डेब्यु गरेका थिए । उनले सन् २०२२ फेब्रुअरीमा झारखण्डका लागि आफ्नो पहिलो प्रथम श्रेणी खेल खेलेका थिए। कुशाग्राले लिस्ट ए को पहिलो खेल सन् २०२१ फेब्रुअरीमा मध्य प्रदेशविरुद्ध खेलेका थिए। उनले आफ्नो पहिलो टी-२० खेल सन् २०२१ नोभेम्बरमा खेलेका थिए। कुशाग्राले भारतीय अन्डर-१९ टोलीका राम्रो प्रदर्शन गरेका छन्। उनले २३ लिस्ट ए खेलमा ७ सय रन बनाएका छन् । यस अवधिमा उनले ७ अर्धशतक बनाएका छन् । उनले १३ प्रथम श्रेणी खेलमा ८६८ रन बनाएका छन् । उनले ११ टी–२० खेलमा १४० रन बनाएका छन् ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.