आईपीएलको सबैभन्दा महँगो खेलाडी बनेपछि मिचेल स्टार्कले दिए यस्तो प्रतिक्रिया
काठमाडौंँ । आईपीएल २०२४ को लिलामीमा कोलकाता नाइट राइडर्सले मिचेल स्टार्कलाई २४.५० करोड भारुमा किनेको छ। योसँगै स्टार्क आईपीएलमा सबैभन्दा महँगो खेलाडी बनेका छन् । स्टार्क यसअघि पनि आईपीएलको हिस्सा भइसकेका छन् । उनले यसअघि रोयल च्यालेन्जर्स बैंग्लोरबाट खेलेका थिए । केकेआरमा आबद्ध भएर प्रतियोगिताको सबैभन्दा महँगो खेलाडी बनेपछि स्टार्कको पहिलो प्रतिक्रिया बाहिर आएको छ ।
कोलकाता नाइट राइडर्सले सामाजिक सञ्जालमा एउटा भिडियो शेयर गरेको छ, जसमा स्टार्कले केकेआरमा आबद्ध भएकोमा आफ्नो प्रतिक्रिया व्यक्त गरेका छन् । भिडियोमा स्टार्क निकै खुसी देखिएका छन् । उनले केकेआरमा आबद्ध भएर अब इडेन गार्डेनमा घरेलु दर्शकको अगाडि खेल्ने प्रतिक्रिया दिएका छन्।
भिडियोमा, स्टार्कले भने, "हे केकेआर फ्यानहरू, म यस वर्षको आईपीएलका लागि टोलीमा सामेल हुन उत्साहित छु र म इडेन गार्डेनमा आउन र घरेलु फ्यानहरू, घरेलु भीड र माहोलको अनुभव गर्न उत्साहित छु। तपाईंलाई त्यहाँ भेट्नको लागि म तयार छु।"
अस्ट्रेलियाका यी फास्ट बलरले यसअघि रोयल च्यालेन्जर्स बैंग्लोरबाट आईपीएलको दुई सिजन खेलिसकेका छन् । उनले आफ्नो आइपीएल करियरमा २७ खेल खेलेका छन्, र २६ इनिङ्समा २०.३८ को औसतले ३४ विकेट लिएका छन्। यस अवधिमा उनले ७.१७ को इकोनोमीमा रन बनाएका छन्।
अष्ट्रेलियाका कप्तान प्याट कमिन्सले पनि आईपीएल २०२४ का लागि ठूलो रकम पाएका छन् । कमिन्सलाई सनराइजर्स हैदरावादले २० करोड ५० लाख भारुमा किनेको छ । कमिन्सको आधार मूल्य २ करोड थियो । कमिन्सको नेतृत्वमा भर्खरै अष्ट्रेलियाले भारतीय भूमिमा एकदिवसीय विश्वकपको उपाधि जितेको थियो।
Welcome back, record-breaker! 🫡 pic.twitter.com/KwSZui8GBj
— KolkataKnightRiders (@KKRiders) December 19, 2023

टिप्पणी लेख्नुहोस्