लेख विवरण

आईपीएल लिलामीमा चेन्नई सुपर किंग्सले किन्यो ६ खेलाडी

आईपीएल लिलामीमा चेन्नई सुपर किंग्सले किन्यो ६ खेलाडी

काठमाडौंँ । आईपीएल २०२४ को लिलामी सकिएको छ । मंगलवार (आज) युएईमा भएको लिलामीमा धेरै टोलीले चकित पार्ने बोली लगाएर खेलाडीहरू किनेका छन्। लिलामीमा चेन्नई सुपर किंग्सले २० वर्षीय अनक्याप्ड समीर रिजवीलाई ८.४० करोड भारुमा किनेको छ । चेन्नईले समीरलाई यति ठूलो रकम दिएर सबैलाई चकित बनाएको छ । यसबाहेक चेन्नईले न्युजिल्यान्डका डेरिल मिचेललाई १४ करोड रुपैयाँ तिरेर आफ्नो टोलीमा समावेश गरेको छ, जुन सबैभन्दा ठूलो खरिद हो।

चेन्नईले एकदिवसीय विश्वकपमा स्टार जस्तै चम्केका रचिन रविन्द्रलाई पनि आफ्नो टोलीमा समावेश गरेको छ । चेन्नईले रचिनलाई १.८० करोड भारुमा किनेको छ। यस बाहेक भारतीय फास्ट बलर शार्दुल ठाकुर पनि चेन्नईको टोलीमा सामेल भएका छन, उनलाई चेन्नईले ४ करोड भारुमा किनेको छ । यसबाहेक बंगलादेशका फास्ट बलर मुस्ताफिजुर रहिम पनि चेन्नई क्याम्पमा सामेल भएका छन् । मुस्ताफिजुरले २ करोड भारु पाएका छन, जुन उनको आधार मूल्य थियो । लिलामी पछि आईपीएल २०२४ को लागि चेन्नई सुपर किंग्सको पूर्ण टोली यस्तो बनेको छ।

चेन्नई सुपर किंग्सले आईपीएल २०२४ को लिलामीमा किनेका खेलाडीहरू : शार्दुल ठाकुर (४ करोड भारु), रचिन रविन्द्र (१.८० करोड भारु), डेरिल मिचेल (१४ करोड भारु), समीर रिजवी (८.४० करोड भारु), मुस्तफिजुर रहमान (२ करोड भारु), अरावेली अवनीश (२० लाख भारु) ।

चेन्नई सुपर किंग्सले रिटेन गरेका १९ खेलाडीहरु : अजय मण्डल, अजिंक्य रहाणे, दीपक चहर, डेभोन कोनवे, महिश टेकशन, महिषा पाथिराना, मिचेल सान्टनर, मोइन अली, एमएस धोनी, मुकेश चौधरी, निशान्त सिन्धु, प्रशान्त सोलंकी, राजवर्धन हंगेजाकर, राजवर्धन जाडेकर, रुतुराज गायकवाड, शेख राशिद, शिवम दुबे, सिमरजीत सिंह, तुषार देशपाण्डे।

आईपीएल २०२४ को लागि चेन्नई सुपर किंग्सको पूर्ण टोली : अजय मण्डल, अजिंक्य रहाणे, दीपक चाहर, डेभन कन्वे, महिश टीकशाना, महिषा पथिराना, मिचेल सान्तनर, मोइन अली, एमएस धोनी, मुकेश चौधरी, निशांत सिन्धु, प्रशान्त सोलंकी, राजवर्धन हंगरगेकर, रविन्द्र जडेजा, रुतुराज गायकवाड, शेख रशिद, शिवम दुबे, सिमरजीत सिंह, तुषार देशपाण्डे, शार्दुल ठाकुर, रचिन रविन्द्र, डैरिल मिचेल, समीर रिजवी, मुस्तफिजुर रहमान र अरावेली अवनीश ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.