लेख विवरण

आईपीएल अक्सनपछि यस्तो बन्यो राजस्थान रोयल्सको टोली

आईपीएल अक्सनपछि यस्तो बन्यो राजस्थान रोयल्सको टोली

काठमाडौंँ । आईपीएल २०२४ लिलामीमा राजस्थान रोयल्सले रोभम्यान पावेललाई ७ करोड ४० लाख भारुमा किनेको छ । त्यस्तै भारतीय युवा खेलाडी शुभम दुबेलाई ५.८० करोड भारुमा आफ्नो टोलीको सदस्य बनाएको छ । राजस्थानले दक्षिण अफ्रिकाका आन्द्रे बर्जर, भारतका आबिद मुश्ताक र इंग्ल्यान्डका टम कोल्हार क्याडमरलाई पनि किनेको छ ।

राजस्थानले रोम्यान पावेलमाथी सबैभन्दा धेरै पैसा खर्च गरेको छ । त्यसपछि शुभम दुबेको राम्रो मूल्य पाएका छन् । ,राजस्थानले दक्षिण अफ्रिकाबाट आन्द्रे बर्गरलाई ५० लाख भारुमा किनेको छ । त्यस्तै, इंग्ल्याण्डका टम कोल्हरले क्याडमरलाई ४० लाख भारुमा आफ्नो टोलीको सदस्य बनाएको छ । राजस्थानले भारतीय खेलाडी आबिद मुस्ताकलाई २० लाख भारुमा किनेको छ ।

राजस्थानले किनेका खेलाडीहरु : रोवमन पावेल (७.४० करोड भारु), शुभम दुबे (५.८० करोड भारु), आन्ध्र बर्गर (५० लाख भारु), टम कोल्हार क्याडमर (४० लाख भारु) र अबिद मुस्ताक (२० लाख भारु) ।

राजस्थानले रिटेन गरेका खेलाडीहरु : सञ्जु सैमसन, जोस बटलर, शिमरोन हेटमायर, यशस्वी जयस्वाल, ध्रुव जुरेल, रायन पराग, डोनोभान फरेरा, कुणाल राठोड, रविचन्द्रन अश्विन, कुलदीप सेन, नवदीप सैनी, प्रसिद्ध कृष्ण, सन्दीप शर्मा, ट्रेन्ट बोल्ट, युजवेन्द्र चहल, एडम जाम्पा, अवेश खान (लखनु सुपर जायन्ट्स) ।

आईपीएल २०२४ का लागि राजस्थान रोयल्सको टोली : रोवमन पावेल, शुभम दुबे, आंडर बर्गर, टम कोल्हार क्याडमर, आबिद मुस्ताक, संजु सामसन, जोस बटलर, शिम्रोन हेटमायर, यशस्वी जाइसवाल, ध्रुव जुरेल, रियन पाराग, डोनोभान फरेरा, कुणाल राठोड, रविचन्द्रन अश्विन, नवदीप सैनी, प्रसिद्ध कृष्णा, सन्दीप शर्मा, ट्रेन्ट बोल्ट, युजवेन्द्र चहल, एडम जाम्पा र आवेश खान (लखनु सुपर जायन्ट्स)।

हालै राजस्थान रोयल्सले लखनऊ सुपर जायन्ट्सबाट फास्ट बलर आवेश खानलाई ट्रेड गरेको थियो। उही समयमा देवदत्त पडिक्कल लखनऊ सुपर जायन्ट्सको हिस्सा बनेका थिए ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.