लेख विवरण

मिचेल स्टार्कसहित १० खेलाडी अक्सनमा किनेपछि कोलकाता नाइट राइडर्सको टोली

मिचेल स्टार्कसहित १० खेलाडी अक्सनमा किनेपछि कोलकाता नाइट राइडर्सको टोली

काठमाडौंँ । आइपिएल २०२४ अक्सनमा कोलकाता नाइट राइडर्सले मिचेल स्टार्कसहित १० खेलाडी किनेको छ । शाहरुख खानको टोलीले मिचेल स्टार्कलाई २४.७५ करोडभारुमा किनेको छ । यसरी मिचेल स्टार्क आइपिएल इतिहासकै सबैभन्दा महँगा खेलाडी बनेका छन् । मिचेल स्टार्कका अलावा कोलकाता नाइट राइडर्सले मुजिब उर रहमान, चेतन सकारिया, श्रीकर भारत र शेरफेन रदरफोर्डजस्ता खेलाडीलाई आफ्नो टोलीमा समावेश गरेको छ ।

केकेआरले किनेका खेलाडीहरु : मिचेल स्टार्क (२४.७५ करोड़भारु), मुजीब उर रहमान (२ करोड़भारु), गस एटकिंसन (१ करोड़भारु, चेतन सकारिया (५० लाखभारु), रमनदीप सिंह (२० लाखभारु), श्रीकर भारत (५० लाखभारु), शेरफेन रदरफोर्ड (१.५० करोड़भारु), अंक्रिश रघुवंशी (२० लाखभारु), मनीष पाण्डे (५० लाखभारु) र साकिब हुसैन (२० लाखभारु)

केकेआरले रिटेन गरेका खेलाडीहरु : जेसन रोय, नितीश राणा, रिन्कू सिंह, श्रेयस अय्यर, रहमानुल्लाह गुरबाज, आन्द्रे रसेल, अनुकुल रोय, सुनील नारायण, वेंकटेश अय्यर, हर्षित राणा, सुयश शर्मा, वैभव अरोरा र वरुण चक्रवर्ती।

आइपिएल २०२४ का लागि केकेआरको टोली : जेसन रोय, नितीश राणा, रिन्कू सिंह, श्रेयस अय्यर, रहमानुल्लाह गुरबाज, आन्द्रे रसेल, अनुकुल रोय, सुनील नारायण, वेंकटेश अय्यर, हर्षित राणा, सुयश शर्मा, वैभव अरोरा, वरुण चक्रवर्ती, मिशेल स्टार्क, मुजीब उर रहमान, गस एटकिंसन, चेतन सकरिया, रमनदीप सिंह, श्रीकर भारत, शेरफेन रदरफोर्ड, अंक्रिश रघुवंशी, मनीष पाण्डे र साकिब हुसैन ।

हालै कोलकाता नाइट राइडर्सले श्रेयस अय्यरलाई कप्तान नियुक्त गरेको छ । त्यस्तै उपकप्तानको भूमिकामा नितिश राणा रहनेछन् । यसअघि सन् २०२३ को आइपिएलमा श्रेयस अय्यर चोटका कारण खेल्न पाएका थिएनन् । श्रेयस अय्यरको अनुपस्थितिमा नितिश राणाले कोलकाता नाइट राइडर्सको कप्तानी सम्हालेका थिए ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.