लेख विवरण

रोयल च्यालेन्जर्स बैंगलोरले अल्जारी जोसेफका लागि खर्च गर्यो १० करोडभन्दा बढी रकम

रोयल च्यालेन्जर्स बैंगलोरले अल्जारी जोसेफका लागि खर्च गर्यो १० करोडभन्दा बढी रकम

काठमाडौंँ । आईपीएल २०२४ को अक्सनमा रोयल च्यालेन्जर्स बैंग्लोरले वेस्ट इन्डिजका तीव्र गति बलर अल्जारी जोसेफलाई ११.५० करोड भारुमा किनेको छ । यसबाहेक आरसीबीले यशदयाल र टम करनलाई पनि बिड गरेको छ । भारतीय तिब्र गतिका बलर यश दयाललाई बैंगलोरले ५ करोड भारु तिरेर आफ्नो टिममा समावेश गरेको छ । उनको बेस प्राइस २० लाख भारु थियो ।

यसबाहेक आरसीबीले इंग्ल्याण्डका अलराउण्डर टम करनलाई १.५० करोड भारु तिरेर किनेको छ । टम करनको बेस प्राइस १ करोड ५० लाख भारुनै थियो । यसरी आरसीबीले अक्सनमा ६ खेलाडीमा बोली लगाएको थियो । टिमले अक्सन अघि नै धेरै स्टार खेलाडीलाई रिलिज गरेको थियो । आरसीबीले यश दयालको लागि ठूलो दाउ खेल्यो, जो गत सिजन अर्थात् आईपीएल २०२३ मा गुजरात टाइटन्सका सदस्य थिए। यश दयाल उनै बलर हुन्, जसमाथि केकेआरका रिंकु सिंहले लगातार पाँच छक्का प्रहार गर्दै टोलीलाई जिताएका थिए । आइपीएल २०२४ का लागि आरसीबीको टोली कस्तो छ, आउनुहोस् जानौं ।

रोयल च्यालेन्जर्स बैंगलोरले २०२४ को अक्सनमा किनेका खेलाडीहरु : अल्जारी जोसेफ (११.५० करोड भारु), यश दयाल (५ करोड भारु), टम करन (१.५० करोड भारु), लोकी फर्गुसन (२ करोड भारु), स्वप्निल सिंह (२० लाख भारु), सौरभ चौहान (२० लाख भारु) ।

रोयल च्यालेन्जर्स बेङ्गलोरले रिटेन गरेका खेलाडीहरु : आकाश दीप, अनुज रावत, दिनेश कार्तिक, फाफ डु प्लेसिस, ग्लेन म्याक्सवेल, हिमांशु शर्मा, कर्ण शर्मा, महिपाल लोमरोर, मनोज भान्डेगा, मयंक डागर (ट्रेड), क्यामरुन ग्रीन (ट्रेड), मोहम्मद सिराज, राजन कुमार, रजत पाटीदार, रीस टोप्ले, सुयश प्रभुदेसाई, विराट कोहली, विशक विजय कुमार र विल ज्याक्स ।

आईपीएल २०२४ का लागि रोयल च्यालेन्जर्स बैंगलोरको पूरा टोलीः आकाश दीप, अनुज रावत, दिनेश कार्तिक, फाफ डु प्लेसिस, ग्लेन म्याक्सवेल, हिमांशु शर्मा, कर्ण शर्मा, महिपाल लोमरर, मनोज भान्डेगा, मयंक डागर, मोहम्मद सिराज, राजन कुमार, रजत पाटीदार, रीस टोप्ले, सुयश प्रभुदेसाई, विराट कोहली, विशक विजय कुमार, विल ज्याक्स, अल्जारी जोसेफ, यश दयाल, टम करन, लोकी फर्गुसन, स्वप्निल सिंह र सौरव चौहान।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.