हेटौडामा प्रदेशस्तरीय उसु प्रतियोगिता आयोजना हुँदै
काठमाडौंँ । मकवानपुर उसु संघको आयोजनामा प्रथम प्रदेशस्तरीय उसु प्रतियोगिता हुने भएको छ । हेटौडामा आयोजना हुने प्रतियोगिता पौष ११ र १२ गते हुनेछ ।
प्रतियोगितामा थाओलु तर्फ पुरुष र महिला गरी समान ४-४ विधाका खेलहरु हुने मकवानपुर उसु संघले जनाएको छ । त्यस्तै सान्सौ तर्फ पुरुषमा विभिन्न ८ तौल समुह र महिला तर्फ ६ तौल समुहमा खेलहरु आयोजना हुने भएको छ ।
प्रतियोगिताका प्रथम टोली, दोस्रो र तेस्रोलाई नगद पुरस्कारको व्यवस्था गरिएको मकवानपुर उसु संघले जनाएको छ ।




टिप्पणी लेख्नुहोस्