लेख विवरण

टाइम्स र रोयललाई नखिपोट बास्केटबल उपाधि

टाइम्स र रोयललाई नखिपोट बास्केटबल उपाधि

काठमाडौंँ । टाइम्स र रोयलले दोश्रो नखिपोट खुला बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन् । टाइम्स पुरुष तथा रोयल महिला यु–२३ मा च्याम्पियन बनेका हुन् ।

नखिपोटस्थित आयोजक नखिपोट युवा क्लबको कभर्डहलमा भएको पुरुष फाइनलमा टाइम्सले बूढानीलकण्ठलाई ८४–७१ ले पराजित ग¥यो । टाइम्सको जितमा मनीष केसीले २८ अंक योगदान गरे ।

पहिलो क्वाटरमा १८–१४ को अग्रता लिएको टाइम्स दोश्रोमा १९–२० ले पछि प¥यो । टाइम्सले तेश्रो क्वाटरमा गरेको ३०–१६ को प्रदर्शन जितका लागि महत्वपूर्ण साबित भयो । अन्तिम तथा चौथो क्वाटरमा बूढानीलकण्ठले २१–१७ को अग्रता बनाएपनि जित हात पार्न सकेन ।

विजेताले १ लाख ५ हजार तथा उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गरे । ‘मोस्ट भेलुएबल प्लेयर’ टाइम्सका सदीश प्रधानलाई २५ हजार नगद पुरस्कारबाट पुरस्कृत गरियो ।
महिलाको उपाधि भिडन्तमा रोशनी श्रेष्ठको १९ अंक सहयोगमा रोयलले बूढानीलकण्ठलाई ४८–३९ ले हरायो ।

पहिलो क्वाटरमा ८–१४ ले पछि परे पनि रोयलले बाँकीका ३ क्वाटरको नतिजा आफ्नो पक्षमा पार्दै उपाधि हात पार्न सफल भयो । रोयलले दोश्रोमा १३–५, तेश्रोमा १२–७ र चौथोमा १५–१३ को प्रदर्शन ग¥यो ।

पहिलो भएको रोयलले ५० हजार तथा दोश्रोमा रहेको बूढानीलकण्ठले २५ हजार नगद पुरस्कार पाए । ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिएकी रोशनी श्रेष्ठले १० हजार नगद पुरस्कार पाइन् ।

 
टाइम्स र रोयललाई नखिपोट बास्केटबल उपाधि

टिप्पणी लेख्नुहोस्

Please Login to comment.