आईएल टी-२० ले लगायो अफगानिस्तानका नवीन उल हकलाई २० महिनाको प्रतिबन्ध
काठमाडौंँ । अफगानिस्तानका तिब्र गतिका बलर नवीन उल हकलाई शारजाह वारियर्ससँगको खेलाडी सम्झौता उल्लङ्घन गरेको आरोपमा यूएईको आईएल टी-२० (अन्तर्राष्ट्रिय लिग टी–२०) मा २० महिनाको प्रतिबन्ध लगाइएको छ । नवीनले अर्को महिना जनवरी/फेब्रुअरीमा हुने प्रतियोगिताको लागि रिटेन्सन नोटिसमा हस्ताक्षर गर्न अस्वीकार गरेपछि उनलाई प्रतिबन्ध लगाइएको हो ।
प्रतिबन्ध लागेपछि नवीनले सन् २०२४ र २०२५ मा हुने आईएल टी-२० खेल्न पाउने छैनन् । तर, यो प्रतिबन्धले नवीनलाई खासै असर गर्ने छैन, किनभने उनी जनवरी–फेब्रुअरीमा हुने दक्षिण अफ्रिका लिग खेल्ने भएका छन् । यसका लागि उनले डरबन सुपरजायन्ट्ससँग सम्झौता गरेका छन् ।

टिप्पणी लेख्नुहोस्