प्रधानमन्त्री कप राष्ट्रिय टी–२० क्रिकेट : कोशी प्रदेशको टोली घोषणा
काठमाडौंँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताका लागि कोशी प्रदेशको टोली घोषणा भएको छ । मंगलवार घोषणा गरिएको टोलीको नेतृत्व राष्ट्रिय टोलीकी पूर्व कप्तान रुबिना क्षेत्रीले गर्ने भएकी छन् ।
प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता पौष ५ देखी १८ गतेसम्म काठमाडौंँको मुलपानी र टियु क्रिकेट मैदानमा आयोजना हुँदैछ । पहिलो पटक राउन्ड रोबिन लिग र प्लेअफ फर्म्याटका आधारमा आयोजना हुन लागेको प्रतियोगितामा ७ प्रदेशसँगै एक बिभागिय टोली एपिएफ क्लबको सहभागिता रहेको छ ।
प्रतियोगिता अन्तर्गत कोशी प्रदेशको टोलीले आफ्नो पहिलो खेल पौष ५ (भोली) कर्णाली प्रदेश विरुद्ध खेल्ने छ ।
कोशी प्रदेशको टोली : रुबिना क्षेत्री (कप्तान), काजोल श्रेष्ठ (विकेटकिपर), अप्सरी बेगम, संगिता राई, सबनम राई, रिया शर्मा, बिमला महला, लकिता राजबंशी, वन्दना राजबंशी, नमिता श्रेष्ठ, सानु राजबंशी, काजोल राजबंशी, एलिसा खडीया र निशा साह रहेका छन ।

टिप्पणी लेख्नुहोस्